काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी रहेको छ । मंगलबारको तुलनामा आजको मूल्य १ हजार ६०० रुपैयाँले बढी हो ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बुधबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । मंगलबार ताेलाकाे १५०० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँले बढेर १५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया