काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पुस १७ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुनेछ । त्यस्तै सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु छनोट गर्न निर्वाचन समेत गर्नेछ ।
यसैगरी, सभाले चालू आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह स्थिति लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । आगामी पुस ५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र नगद लाभांश प्राप्त गर्न सक्ने छन् ।




















प्रतिक्रिया