Logo

अर्थ

हिमालयन डिस्टिलरीले घोषणा गर्‍यो लाभांश



काठमाडौं । हिमालयन डिस्टिलरीले लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई नगद र सेयर बोनस दिने घोषणा गरेको छ ।

गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत सेयर बोनस र प्रतिसेयर १५ रुपैयाँ लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्ने छ । यसका लागि पुस २५ गते साधारण सभा आह्वान गरेको छ । साधारण सभाका लागि भनेर कम्पनीले पुस १३ गतेका लागि ‘बुक क्लोज’ घोषणा गरेको छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार १०:५९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।