Logo

अर्थ

नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट



काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओ आज बिक्री प्रबन्धक हिमालयन क्यापिटलले बाँडफाँट गरेको हो ।

आईपीओमा १२ लाख ७६ हजार ५ सय ५८ जनाले आवेदन दिएका थिए । जसमा ११ लाख ९१ हजार ९ सय ९८ जनाको आवेदन मात्र योग्य भएको छ । ८४ हजार ५ सय ६० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

गोलाप्रथाबाट आइपीओ बाँडफाँट गर्दा १ लाख १४ हजार १२५ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार ११:३६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।