काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार काराेबर मापक नेप्से परिसूचक ३.३ अंकले बढेर ८४१.०४ को विन्दुमा बन्द भएको छ ।
नेप्सेमा सुधार देखिए पनि कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १ अर्ब ५४ करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा बुधबार जम्मा १ अर्ब १४ करोड १८ लाख १२ हजार रुपैयाँमा खुम्चिएको छ ।
यसदिन कुल १२१ कम्पनीको मूल्य बढ्दा १०६ को घट्यो भने १३ को स्थिर रह्यो ।
समग्र सेयर बजार घट्दा बीमा समूहमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । जीवन बीमा समूह ८४ अंक (१.२ प्रतिशत) तथा निर्जीवन बीमा समूह ७८ अंक (०.७ प्रतिशत) बढे । बीमाका अलावा व्यापार ११, अन्य ६, विकास बैंक ३, माइक्रोफाइनान्स समूह १६ अंक बढेको छ । बैंकिङ १, फाइनान्स ३, होटल तथा पर्यटन १९, जलविद्युत् १, उत्पादन तथा प्रशोधन ३३ अंक घटेको छ ।
यो दिन सबैभन्दा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढीको सेयर कारोबार भएको छ । ग्लोबल आईएमई लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, विजय लघुवित्त, मन्दाकिनी हाइड्रोपावर, मोलुङखोला हाइड्रोपावर, माउन्टेन इनर्जीको मूल्य बढेको छ ।
सिंगटी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत घट्यो । सबैको लघुवित्तको ५ तथा मिथिला लघुवित्तको मूल्य ४.५ प्रतिशत घट्यो ।




















प्रतिक्रिया