Logo

अर्थ

मंसिरमा विवाह गरेका जोडीहरूलाई बुद्ध एयरले टिकट उपहार दिने



काठमाडौं । बुद्ध एयरले नवविवाहित जोडीहरूलाई टिकट उपहार दिने घाेषणा गरेकाे छ । एयरलाइन्सले विवाहपञ्चमीभित्र विवाह गरेका नयाँ जोडीलाई दुईतर्फी उडान टिकट उपहार स्वरूप दिने भएकाे हो ।

बुद्ध एयरले काठमाडौं-पोखरा रूटकाे दुईतर्फी उडानका लागि टिकट उपहार दिन लागेकाे छ । बुद्धले याे उपहार १० जोडीलाई दिने बताएकाे छ । तर यस उपहारका लागि भने बुद्ध एयरमार्फत नै विवाहकाे दिन बेहुलाबेहुलीले यात्रा गरेकाे तस्बिर अनिवार्य हुनुपर्नेछ ।

टिकट पाउन बुद्ध एयरको विमानसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ । यसका लागि मंसिर १ गतेदेखि मंसिर ३० सम्म विवाह गरिएकाे हुनुपर्नेछ ।

टिकट पाउनका लागि यी सबै नियम पालना गर्ने बुद्ध एयरले जनाएकाे छ :

सहभागीहरुले बुद्ध एयरबाट यात्रा गरेको हुनुपर्छ ।
सहभागीहरूले विवाहको पहिरन लगाएर बुद्ध एयरको विमान भित्र वा अगाडी खिचिएको आफ्नो विवाहको फोटो शेयर गर्नुपर्नेछ।
सहभागीहरूले आफ्नो फोटो पोस्ट गर्दा #TogetherForever ह्यासट्याग प्रयोग गर्नुपर्छ।
केवल नवविवाहित जोडीहरूले आफ्नो फोटोहरू पेश गर्न सक्छन् । अन्य सबमिशनहरू विचार गरिने छैन।
विवाह गन्तव्यले फरक पार्दैन । कुनै पनि क्षेत्रबाट योग्य भएमा काठमाडौंदेखि पोखरा र पोखरादेखि काठमाडौंसम्मको निःशुल्क राउन्ड ट्रिप टिकटहरू प्राप्त गर्न सकिनेछ।
सबमिशनहरू नोभेम्बर १७ देखि डिसेम्बर १६सम्म बोर्डिङ पास भएका सबै नेपाली नागरिकहरूका लागि खुला छ। यस मिति पछि प्राप्त आवेदनहरू स्वीकार गरिने छैन।
सहभागीले इमेल पाएको १४ दिनभित्र बुद्ध एयरको मुख्य कार्यालयबाट टिकट लिइसक्नुपर्नेछ ।
सहभागीहरूले आफ्नो पुरस्कार दाबी गर्दा बोर्डिङ पास र मान्य परिचयपत्र ल्याउनु पर्छ।
सहभागीले टिकट जितेको मिति देखि २ महिना सम्म मात्र मान्य हुनेछ। दिइएको टिकटहरूको लागि कुनै नगदकाे विकल्पहरू छैनन्।
कुनै विवाद वा असमझदारी भएमा बुद्ध एयरको निर्णय नै अन्तिम र बाध्यकारी हुनेछ ।
सहभागीका सबमिशनहरू बुद्ध एयरले कम्पनीको विभिन्न सामाजिक संजालका खाताहरूमा विज्ञापनहरूको लागि प्रयोग गर्न सक्छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार १६:३५   :  बजे

1.6K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।