काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनकाे मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ कायम छ ।
हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधवार १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया