Logo

अर्थ

नबिल बैंकमा अब किओस्क मेसिनमार्फत आफैले चेक क्लियरिङ गर्न सकिने



काठमाडाैं । नबिल बैंकले किओस्क मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आउटवार्ड क्लियरिङ चेक ग्राहक आफैँले किओस्कमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्ने सुविधा ल्याएको हो ।

यो सुविधा सञ्चालनमा आएसँगै ग्राहकले आफ्नो समयअनुकूल कार्यालय समयबाहेकका समयमा पनि विनाझन्झट चेक डिपोजिट गर्न सक्ने बैंकले जनाएको छ । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्वस्फूर्त रूपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरूले पूर्ण रूपमा लाभ लिने बैंकले विश्वास व्यक्त गरेको छ ।

हाललाई यो सुविधा काठमाडौं उपत्यकामा ६ र उपत्यकाबाहिर चार गरी १० वटा शाखामा उपलब्ध रहेको जनाइएको छ । बैंकका अनुसार उपत्यकाभित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँबानेश्वर, न्युरोड र कुलेश्वर शाखाबाट तथा उपत्यकाबाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा उपलब्ध छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार १३:२८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।