Logo

मनोरञ्जन

‘बेबी प्लान’सहित अमेरिका उडिन् रेखा



काठमाडौं । अभिनेत्री रेखा थापा पति बलराम शाहीसहित अमेरिका उडेकी छन्। अभिनेत्री थापा सन्तान जन्माउने योजनासहित अमेरिका पुगेकी हुन् ।

बुधबार अमेरिका उड्नुअघि थापा दम्पतीले प्रेगनेन्सी फोटोसुट समेत गरेका थिए । रेखाका श्रीमान बलराम शाही अमेरिकामा बसोबास गर्दै आएका छन् । शनिबार बिहान अभिनेत्री थापाले श्रीमानको जन्मदिन सेलिव्रेसन गरेको तस्बिर पोस्ट गरेकी छन् ।

५ महिना अमेरिका बस्ने योजना बनाएकी रेखालाई चिकित्सकले माघको डेलिभरी डेट दिएका छन् । रेखाले अमेरिकाबाटै आफ्नो फिल्म ‘उपहार’ को भर्चुअल माध्यमबाटै प्रचार गर्ने तयारी गरेकी छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार २१:२९   :  बजे

468
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।