Logo

खेलकुद

यू-१९ एसिया कप: अफगानिस्तानविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै



काठमाडौं । नेपालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग टस जितेको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नुपर्ने दबाव छ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेट र अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो ।

नेपाली टोलीः
देव खनाल (कप्तान), दीपक डुम्रे , उत्तम थापा मगर , विपिन रावल, गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, हेमन्त धामी, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, तिलक राज भण्डारी र आकाश चन्द ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार ११:१३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।