Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा अइतबार सम्पन्न गरेको छ ।

सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार रुपैयाँको ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम ८५ लाख ९८ हजार ९ सय २५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

यस्तै बैंकको बार्षिक साधारण सभाले वित्तीय विवरण पारित गरी १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

हाल बैंकले देशभर ११२ शाखा कार्यालय र ३० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १६:३५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।