Logo

खेलकुद

यू-१९ एसिया कप: नेपालले तेस्रो विकेट गुमायाे



काठमाडौं । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा कप्तान देव खनाललाई गुमाएको हो ।

उनी २४ रन बनाउँदै पेभेलियन फर्किए । उनले ३७ बलमा एक चौका हाने । उनलाई अफगानिस्तानका बलर खलिल अहमदले नुमश शाहद्वारा क्याच गराए । देव आउट हुँदा नेपालले १५.१ ओभरमा ६८ रन बनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १६:५१   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।