Logo

अर्थ

लगातार तेस्रो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (मंगलबार)पनि घटेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला सुनको मूल्य १ लाख १७ हजार रुपैयाँ थियो । यस्तै तेजावी सुन प्रतितोला १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । यसदिन चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार ११:३५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।