Logo

अर्थ

३६ अंकले बढ्यो सेयर बजार, ४ अर्ब माथिको कारोबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा हरियाली फर्किएको छ । मंगलबार नेप्से परिसूचक ३६.८६ अंकले बढेर १९८५.४४ बिन्दुमा पुगेको छ ।

२९७ कम्पनीको एक करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजार रुपैयाँ कारोबारको कारोबार भएको छ । सोमबार ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँको कारोबार भएको थियो ।

यस दिन १३ वटै सूचकमा हरियाली छाएको छ । यसदिन होटल एण्ड टुरिजम सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । मंगलबार २१४ कम्पनीको सेयर मूल्य बढ्यो भने २४ कम्पनीको घट्यो । आज ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार १५:३२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।