काठमाडौं । आज पनि सुनको मूल्य ओरालो लागेको छ । आज सुन तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएकाे छ ।
आज छापावाला सुनको मूल्यको १ लाख १६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलामा १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया