काठमाडौं । एनएमबि बैंकले वार्षिक साधारणसभा पुष २६ गतेका लागि आह्वान गरेको छ । कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले २८औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले सभा प्रयोजनका लागि पुष ६ गते बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले यस वर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीका सेयरधनीहरुको हात यस वर्ष रित्तो हुने भएको छ ।




















प्रतिक्रिया