Logo

मनोरञ्जन

श्रृंखला खतिवडाले कसिन् लगनगाँठो



काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले लगनगाँठो कसेकी छन् । श्रृङ्खलाले आज बिहीबार सञ्चार उद्यमी प्रेमी सम्भव सिरोहियासँग लगनगाँठो कसेकी हुन् ।

श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि पूर्वमिस नेपालहरु पनि सहभागी छन् ।

श्रृंखला र सम्भव करिब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । श्रृङ्खलाले करिब दुई महिना अगाडि मात्रै संभवसँग आफ्नो अफेयरको बारेमा सार्वजनिक गरेकी थिइन् ।

 

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १३:५२   :  बजे

813
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।