Logo

अर्थ

ब्ल्याक एण्ड डेक्करको ‘विन्टर चिल्स, सिज्लिङ डिल्स’ क्याम्पेन सार्वजनिक



काठमाडौं । अमेरिकी ब्रान्ड ब्ल्याक एण्ड डेक्करले जाडोलाई लक्षित गरेर ‘विन्टर चिल्स, सिज्लिङ डिल्स’ क्याम्पेन सार्वजनिक गर्दै जाडोमा उपयोगी विभिन्न उपकरणहरू आकर्षक छुटसहित बजारमा ल्याएको छ।

जाडो महिनामा घरायसी कार्य सहज बनाउने उपायलाई मध्यनजरमा राखेर ब्ल्याक एण्ड डेक्करले जाडोलाई विशेष लक्षित गरी यस क्याम्पेन अन्तर्गत ओ.एफ.आर हिटर, पी.टी.सी हिटर, एअर ह्युमिडिफायर, फ्यान हिटर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओ.टी.जि ओभन, इलेक्ट्रिक प्रेसर कुकर, कफी मेकर र कित्ली जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको हो ।

ब्ल्याक्क एण्ड डेक्करका हरेक उत्पादनहरूमा २४ महिनाको वारेन्टी रहेको छ। नेपालको लागि ब्ल्याक्क एण्ड डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १५:५९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।