Logo

मनोरञ्जन

फिल्म ‘खजुरे ब्रो’ बन्ने



काठमाडौं । निर्देशक सुरज सुनुवारको निर्देशनमा फिल्म ‘खजुरे ब्रो’ निर्माण हुने भएको छ । निर्माण युनिटले शुक्रवार एक कार्यक्रमकाबिच फिल्म घोषणा गरेको हो ।

दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको निर्माण युनिटले बङ्गलामुखी मन्दिर पुगेर शुभ साइत समेत गरेको छ । कमेडी जनरामा बन्ने फिल्मका लेखन पनि निर्देशक सुनुवार हुन् । सुनुवारले ८ वर्षअघि फिल्म ‘षडङ्ग’ को निर्देशन गरेका थिए ।

नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाङ्कन गर्ने फिल्म माघको पहिलो साताबाट फ्लोरमा जानेछ ।

फिल्मको कलाकार छनौटको क्रममा छन् । छायाङ्कन जानु अगाडी फिल्मको कलाकार र प्राविधिक पक्ष सार्वजनिक गर्ने निर्माण युनिटले जानकारी दियो ।

दर्शकको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उद्देश्यका साथ फिल्म निर्माण गर्न लागेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए । अनमोल गुरुङको सङ्गीत रहने फिल्म इटहरी, धरान, दार्जिलिङ र काठमाडौँमा छायाङ्कन हुनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १४:१९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।