काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा बंगलादेशले उपाधि जित्न युएईलाई २८३ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलकाे फाइनलमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर २८२ रन बनाएको थियो ।
बंगलादेशको सुरुआत राम्रो नभए पनि ओपनर अस्कुर रहमान सिवालीले शतकीय पारि खेलेका थिए । पहिलो विकेटको रुपमा जिसन आलम ७ रन बनाएर आउट भएपछि सिवाली र चोदुर मोहम्मद रिजवानले पारि सम्हालेका थिए ।
शिवालीले १२९ रनको शतकीय पारि खेल्दा चोदुर मोहम्मद रिजवानले ६० रनको अर्धशतकीय पारि खेले । बंगलादेशका अर्का खेलाडीले पनि अर्धशतक बनाए । अरिफुल इस्लामले ५० रन बनाएका थिए ।
त्यसबाहेक कप्तान मोफजुर रहमान राबेले २१ रन जोड्दा अरुले भने राम्रो प्रदर्शन गरेनन् । युएईका आयमान अहमदले सर्वाधिक ४ विकेट लिँदा ओमिद रेहमानले २ विकेट लिए ।




















प्रतिक्रिया