काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ । सोमबार दशरथ रंगशालामा आयोजित ४९औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ ।
यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ ।
दीक्षान्त समाराेहमा राष्ट्रपति रामचन्द्र पाैडेल र कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाेकाे पनि उपस्थिति थियाे ।
साेमबार २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित भएका हुन् । यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभूषित भए ।
उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिएकाे छ । त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिएको छ ।
तस्बिरहरू:–



























प्रतिक्रिया