Logo

खेलकुद

नेपाली क्रिकेटर रोहित र आसिफ भारतका हार्दिक र शेखरभन्दा ब्याटिङ वरीयतामा अगाडि



काठमाडौं । आईसीसीको पछिल्लो वरीयतामा एकदिवसीय ब्याट्सम्यानतर्फ नेपालका दुई खेलाडी भारतका दुई चर्चित ब्याट्सम्यान हार्दिक पाण्ड्या र शिखर धवनभन्दा अगाडि छन् ।

आईसीसीको पछिल्लो एकदिवसीय ब्याट्सम्यानहरुको वरीयतामा नेपालका आसिफ शेख ७२औँ र रोहितकुमार पौडेल ७९औँ स्थानमा छन् ।उक्त वरीयतामा भारतका शिखर धवन ८७ औँ स्थानमा छन् । उनी अघिल्लो वरीयताको तुलनामा तीन स्थान तल झरेका हुन् । अर्का भारतीय ब्याट्सम्यान हार्दिक पाण्डेया भने ९१ औँ स्थानमा छन् । उनी अघिल्लो वरीयताको तुलनामा एक स्थान तल झरेका हुन् । यसपटकको इन्डियन प्रिमियर लिग (आईपीएल)का लागि उनी मुम्बई इन्डियन्स्को कप्तान समेत नियुक्त भएका छन्।

धवन कुनै समय भारतको ओपनिङ ब्याट्सम्यान थिए । उक्त स्थान अहिले शुभमन गिलले लिएका छन् । त्यस्तै पाण्ड्या अलराउन्डर हुन् । उनी पछिल्लो समय घाइते भएका छन् ।

यसैगरी नेपालका अर्का ब्याट्सम्यान कुशल भुर्तेल नयाँ वरीयताको ९६औँ स्थानमा छन् । उक्त वरीयतामा अफगानिस्तानका नजिबुल्लाह जदरान ८०औँ, अफगानिस्तानकै मोहम्मद नाबी ८१औँ र वेस्ट इन्डिजका ब्रान्डन किङ ८२औँ स्थानमा छन् ।

पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा उक्लिएका छन् । उनी भारतका युवा ब्याट्सम्यान शुभमन गिललाई पछि पार्दै पहिलो स्थानमा उक्लिएका हुन् । भारतका विराट कोहली तेस्रो र रोहित शर्मा चौथो स्थानमा आसिन छन् ।

यसैगरी अस्ट्रेलियाका डेभिड वार्नर पाँचौँ, न्युजिल्यान्डका ड्यारल मिचेल छैटौँ, आयरल्यान्डका ह्यारी टेक्टर सातौँ, दक्षिण अफ्रिकाका रासी भान डर डुसान आठौँ, इङ्ल्यान्डका डेविड मलान नवौँ र दक्षिण अफ्रिकाका हेनरिच क्लासन दशौँ स्थानमा छन् ।

यसैगरी एकदिवसीय बलिङ वरीयतामा नेपालका लेग–स्पिनर सन्दीप लामिछाने ३२ औँ स्थानमा छन् । वेस्ट इन्डिजका चर्चित खेलाडी अल्जारी जोसेफ ३३ औ, श्रीलंकाका दिलसान मदुसानका ३५ औँ, इङ्ल्यान्डका रिसे टपली ३७औँ, बंगलादेशका मेहदी हसन ३८ औँ र पाकिस्तानका मोहम्मद वसिम ४१ औँ स्थानमा छन् ।

एकदिवसीय बलिङ वरीयतामा दक्षिण अफ्रिकाका केशव महाराज पहिलो, अस्ट्रेलियाका जोस हेजलउड दोस्रो, भारतका मोहम्मद सिराज तेस्रो, अस्ट्रेलियाका एडम जाम्पा चौथो, भारतका जसप्रित बुमराह पाँचौँ, अफगानिस्तानका रासिद खान छैटौँ, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट सातौँ, भारतका कुलदीप यादब आठौँ, पाकिस्तानका साहिन शाह अफरिदी नवौँ र अफगानिस्तानका मोहम्मद नाबी दशौँ स्थानमा आसिन छन् ।

प्रकाशित मिति : ५ पुष २०८०, बिहीबार १३:३९   :  बजे

327
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।