स्वस्थ जीवनशैलीका लागि शारीरिक व्यायम निकै महत्त्वपूर्ण हुन्छ। हामीले दैनिक हिँड्नु भनेको आयु बडाउनु हो।
२०११ मा ताइवानका सोधकर्ताहरूले ४ मिलियन भन्दा बढी मानिसहरूलाई कडा व्यायाम (दौडिने) र मध्यम व्यायाम (तीव्र हिड्ने) मा अध्ययन गरेका थिए।
उनीहरूको अध्यानमा नियमित रूपमा पाँच मिनेट दौडमा जाँदा मानिसको आयु १५ मिनेटको पैदल यात्रा गरेजस्तै बढेको पाइएको थियो।
अध्ययनले यो पनि देखायो कि नियमित २५ मिनेट दौड र १ सय ५ मिनेट हिँड्दा आठ वर्षमा मृत्युको जोखिम लगभग ३५ प्रतिशतले कम हुन्छ।
९ किलोमिटर प्रतिघण्टाको गतिमा दौडिने मानिसहरूमाथि गरिएको अध्ययनमा अयोवा स्टेट युनिभर्सिटीका शारीरिक गतिविधि विज्ञानका प्राध्यापक डक-चुल ली र सहकर्मीले सन् २०१४ मा गरेको अर्को अध्ययनले नियमित रूपमा ९ किलोमिटर प्रतिघण्टा वा त्यसभन्दा ढिलो दौडिने, विस्तारै हिँड्ने र बस्ने मानिसहरूमाथि अध्ययन गरिएको थियो। जसमा नियमित दौडिने मानिसहरू बढी फिट देखिएका थिए।
नियमित दौडिने मानिसमा मृत्युको जोखिम पनि १५ देखि ३० प्रतिशतसम्मले कम देखिएको थियो।
छिटो हिड्दा श्वासप्रश्वासको गति बढ्ने, शरीरमा अक्सिजनको मात्रा बढ्ने र रक्तप्रवाह सहज हुने अध्ययनले देखाएको थियो।




















प्रतिक्रिया