Logo

प्रमुख समाचार

हुलास फिनसर्भको पहिलो सीईओमा समीर ठाकुर नियुक्त



काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले समीर ठाकुरलाई कम्पनीको पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कम्पनीले संस्थागत नेतृत्व र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले ठाकुरलाई सीईओ नियुक्त गरेको जनाएको छ।

हायर पर्चेज वित्तीय सेवा प्रदान गर्दै आएको कम्पनीले दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराउँदै आएको छ। त्यस्तै, ल्यापटप, मोबाइल फोनलगायत विद्युतीय उपकरण खरिदमा पनि कम्पनीले कर्जा सुविधा प्रदान गर्दै आएको छ।

कम्पनीका अनुसार पहिलो सीईओको नियुक्तिले संस्थागत नेतृत्व, कार्यसञ्चालन र रणनीतिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्नेछ। ठाकुरको नेतृत्वमा नयाँ व्यावसायिक अवसरको खोजी, वित्तीय सेवाको विस्तार र दिगो व्यावसायिक वृद्धि हासिल गर्ने कम्पनीको अपेक्षा छ।

नवीन वित्तीय समाधान र रणनीतिक साझेदारीमार्फत ग्राहकलाई सहज तथा पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार ०९:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।