Logo

मनोरञ्जन

मेनुका पौडेलको स्वरमा ‘बादलु माथि’ सार्वजनिक



काठमाडौं । भारतीय रियालिटी शो इन्डियन आइडलको टप ११ मा पुगेर चर्चाको शिखरमा रहेकी गायिका मेनुका पौडेलको स्वरमा ‘बादलुमाथि’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

चर्चित गायक राजनराज शिवाकोटी र मेनुका पौडेलको संयुक्त स्वर रहेको उक्त गीत रेबेल क्रिएशनले बजारमा ल्याएको हो । अत्यन्तै कर्णप्रीय स्वरमा रहेको उक्त गीतको शब्द एवं सङ्गीत चर्चित गायक एवं सङ्गीतकार राजनराज शिवाकोटी स्वयमले गरेका हुन् ।

उक्त गीतको भिडियो सम्पादन नकुल खड्काले गरेका  हुन् । रेबेल क्रियशनले गीतको अफिसियल भिडियोसमेत छिट्टै ल्याउने बताएको छ । गीतका निर्माता गगनलाल प्रधानले मेनुकाको स्वरको यो गीतले उनको थप मनोबल बढ्ने विश्वासका साथ गीत सार्वजनिक गरिएको बताए । नेपाली चेलीलाई भारतीय भूमिमा मिलिरहेको सफलतालाई थप ऊर्जा मिलोस् भनेर आफूहरूले यो गीत सार्वजनिक गरिएको उनले बताए ।

गीतका गायक राजनराज शिवाकोटीले मेनुकाको प्रतिभालाई सही समयमै श्रोतामाझ पुर्‍याउन आफूहरूले यो गीत बजारमा ल्याएको बताए । ‘मेनुकाले जुन सफलता हासिल गरिरहेकी छिन् यो गीतले त्यो सफलतामा अझै ऊर्जा भर्नेछ भन्ने विश्वास लिएको छु’उनले बताए । ‘इन्डियन आइडलमा सङ्गीतकी साक्षात् स्वरूप’ भनेर परिचय बनाएकी मेनुका पौडेलको यो गीतले उनको ‘साङ्गीतिक उडान’मा थप सफलता मिल्ने विश्वास आफूले लिएको उनले बताए ।

हेर्नुहोस् मेनुकाको नयाँ नेपाली गीत :

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार ११:५९   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।