काठमाडौं । काठमाडौंको विजुलीबजारस्थित चक्रवर्ती कलेजका सञ्चालक देवेन्द्र भण्डारीमाथि उनकै छोराको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको छ।
उनका छोरा निरज भण्डारीसहितको समूहले सोमबार बेलुकी धारिलो हतियार प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ। घाइते देवेन्द्रको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
बाबुछोराबीच कलेज सञ्चालनको विषयमा विगत केही समयदेखि विवाद हुँदै आएमा छोरा निरजले कलेज परिसरमा ‘देवेन्द्र भण्डारीलाई प्रवेश निषेध’ उल्लेखित ब्यानर टाँगेका थिए।
सोमबारदेखि छोरा निरजले कलेजको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिने बताउँदै आएका थिए। त्यसक्रममा केही व्यक्तिहरूको समूह लिएर पुगेका बेला बाबुसँग झगडा भएपछि बुबा देवेन्द्रले प्रहरी वृत्त, बानेश्वरलाई जानकारी गराएका थिए।
दुई पक्षबीच छलफल गराउने तयारी भइरहेका बेला विवादले उग्र रूप लिएको बताइएको छ। प्रहरीले घटनाको अनुसन्धान थालिएको जनाएको छ।





















प्रतिक्रिया