काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने सुझाव दिएको छ ।
बिहीबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट धारणा राख्दै अध्यक्ष डा.महाश्रम शर्माले एसईई हटाउन नहुने सुझाव दिएका हुन् ।
‘एसईई हुनुपर्छ । तर, केन्द्रीकृत नभई प्रादेशिक रूपमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो’ अध्यक्ष शर्माले भने । विधेयक कक्षा ८ र १२ मा परीक्षा हुने उल्लेख गरिएको छ। उक्त प्रावधानले विद्यार्थीहरूको पढाइमा झन् कमी आउने उनको भनाइ छ ।





















प्रतिक्रिया