काठमाडौं- भारतको बेंग्लोरमा सुदूरपश्चिमको सांस्कृतिक पहिचान भुवो खेलिएको छ।
डेउडा प्रतिष्ठान बेंग्लोर शाखाको आयोजना र झुतेरा युवा क्लवको सहआयोजनामा आइतबार सांस्कृतिक कार्यक्रमसहित भुवो भस्सो खेलिएको हो। देउडा प्रतिष्ठान बेंग्लोर शाखाका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र साउदले संस्कृतिको जगेर्नाका लागि भारतमा पनि भुवो खेलको आयोजना गरिएको बताए।
लक्ष्मण अधिकारी, गोविन्द विष्टलगायतका कलाकार नेपालबाट भारत सहभागी भएका थिए।





















प्रतिक्रिया