Logo

शिक्षा

त्रिविले माघ १५ गतेदेखि अनलाइनमार्फत सेवा दिने



काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा प्रवाह गर्ने भएको छ । परीक्षा सञ्चालक समितिको आज बसेको बैठकले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा दिने निर्णय गरेको हो ।

ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाण पत्र, पुनर्योग, प्रतिलिपी जस्ता सेवा अब अनलाइनबाटै लिन सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यसबारे विस्तृत जानकारी माघ १० गते www.tuexam.edu.np मा प्रविष्ट गरिने कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार १६:१५   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।