Logo

खेलकुद

पीएम कप क्रिकेटमा आज कर्णाली र लुम्बिनी तथा बागमती र आर्मीबीच प्रतिस्पर्धा



काठमाडौं– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछन्। आज कर्णाली प्रदेश र लुम्बिनी तथा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्नेछन्।

आज कर्णाली र लुम्बिनीबीचको खेल भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। कर्णाली प्रदेशले अहिलेसम्म २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ। त्यसैगरी लुम्बिनी प्रदेशले पनि एक खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ।

यस्तै आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ। बागमतीले ले अहिलेसम्म खेलेका ३ खेलमा एकमा जित र २ खेलमा हार बेहोरेको छ। यस्तै त्रिभुवन आर्मी क्लबले एक खेलमा जित हासिल गरेको छ।

 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ०७:२१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।