काठमाडौं- आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट आजदेखि सुरु हुँदैछ। दक्षिण अफ्रिकामा आजदेखि सुरु हुने खेल आउने फेब्रुअरी ११ अर्थात् माघ २८ गतेसम्म चल्ने छ। विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन्।
नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन्। समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया रहेका छन्। आज समूह ‘ए’ का आयरल्यान्ड र अमेरिका खेल्दैछन्।
यस्तै, समूह ‘बी’ का दक्षिण अफ्रिका र वेस्ट इन्डिजको खेल पनि आजै हुँदैछ। नेपालले भने पर्सि आइतबार पहिलो खेल न्युजिल्यान्डसँग खेल्नेछ।
विश्व कपका सबै खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।




















प्रतिक्रिया