Logo

खेलकुद

यू-१९ विश्वकप : न्युजिल्यान्डविरूद्ध नेपालले लियो लगातार विकेट



काठमाडौं । आइसिसी यू-१९ विश्वकप क्रिकेटमा अहिले नेपाल र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ । दक्षिण अफ्रिकामा भइरहेको प्रतिस्पर्धाको समूह ‘डी’ को खेलमा न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले न्युजिल्यान्डको तीन विकेट लिइसकेको छ । पहिलो १० ओभरको पावरप्लेमा कुनै विकेट नगुमाएको न्युजिल्यान्डविरुद्ध नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा तीन विकेट लिएको हो ।

पहिलो पावरप्लेको अन्त्यमा ५३-० को बलियो स्थितिमा रहेको न्युजिल्यान्डलाई स्पिनरत्रय सुभाष भण्डारी, तिलकराज भण्डारी र दीपेश कँडेलले विकेट लिँदै दबाबमा राखेका हुन् । सुभाषले ११ औं ओभरको पहिलो बलमा लुक वाटसनलाई बोल्ड गर्दै सुरुवाती सफलता दिलाएका थिए । वाटसनले २५ बलमा २ चौकासहित १४ रन जोडे ।

१४ औं ओभरमा अर्का ओपनर टम जोन्स तिलकबाट बोल्ड भए । जोन्सले ४५ बलम ५ चौकासहित ३३ रनको योगदान दिए ।

लगत्तै अर्को ओभरमा दीपेशले ओलिभर टेवाटियालाई कट बिहाइन्ड गराए । तेस्रो बल खेलेका टेवाटियाले खाता खोल्न सकेनन् । १५ ओभरमा न्युजिल्यान्डले ६९ रन जोड्दै ३ विकेट गुमाएको हाे ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १५:४९   :  बजे

555
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।