Logo

खेलकुद

१९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित



काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ ।

दक्षिण अफ्रिकामा भइरहेको विश्व कप अन्तर्गत समूह (डी) मा रहेको नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो ।

न्युजिल्यान्डले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३८ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो ।

नेपालले अब पर्सि बुधवार पाकिस्तानसँग खेल्नेछ । यो समूहमा अफगानिस्तान पनि रहेको छ । हिजो भएको पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनले हराएको थियो । आज समूह ुएु को बङ्लादेश र आयरल्यान्ड तथा समूह ुसीु को अष्ट्रेलिया र नामिबियाबीच खेल हुँदैछ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार ०६:४०   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।