Logo

मनोरञ्जन

इण्डियन आइडलकाे उत्कृष्ट १० मा प्रवेश गरिन् मेनुका



काठमाडौं । मेनुका पौडेल इण्डियन आइडलको १४ औं सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् । आइतबार बेलुकाको एपिसोडबाट मेनुका टपटेनमा प्रवेश गरिन् ।

बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन् । योसँगै इण्डियन आइडलमा अन्तिम १० को समीकरण तयार भएको छ । मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबारको उक्त एपिसोडबाट भएको हो ।

उक्त एपिसोडमा आगामी फिल्म ‘फाइटर’ प्रवर्द्धनका लागि अभिनेता ऋतिक रोशन पुगेका थिए । जसअनुसार ऋतिक अभिनित फिल्मका गीत गाएर एपिसोड विशेष बनाइएको थियो । ऋतिकले सहभागीसँग नाचगान समेत गरे ।

मेनुकाले इण्डियन आइडलका जजदेखि अतिथिको मन जितेकी छन् । यो प्लाटफर्ममा धेरैले उनलाई लता मंगेशकरसँग पनि तुलना भइरहेको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १६:४०   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।