Logo

मनोरञ्जन

विष्णुसँग एलिना चौहानको ब्रेकअप



काठमाडौं- गायिका एलिना चौहानको प्रेमी विष्णु सापकोटासँग उनको ब्रेकअप भएको छ।

अष्ट्रेलियामा बस्ने विष्णुसँग प्रेममा रहेकी एलिनाको ब्रेकअप भएको खबर सार्वजनिक भएको छ। उनीहरूले आफूहरूबीचको प्रेम ठीक एक वर्ष अगाडि सार्वजनिक गरेका थिए।

एलिनाले विष्णुसँग विवाहको योजनासमेत बनाएको र यही वर्षको मंसिर विवाह हुन सक्ने साथीहरूलाई बताउँदै आएकी थिइन्। तर, अहिले उनको प्रेम टुटेको छ।

विष्णुले केही समयदेखि एलिनालाई मानसिक तनाव दिइरहेको बताइएको छ। आफ्नो चरित्रमाथि नै विभिन्न प्रश्न उठाउने, फोनमा गालीगलौज गर्न थालेपछि एलिना आजित बनेकी र अन्ततः उनले अलग्गिने निर्णयमा पुगेकी बताइएको छ।

विष्णु लोकदोहोरी प्रतिष्ठाको अष्ट्रेलिया शाखाका अध्यक्ष हुन्। उनी गीत पनि गाउँछन्।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार ०७:३४   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।