काठमाडौं- रेखा थापा दम्पतीले अमेरिकामा ‘बेबी सावर’ गरेका छन्। कोलोराडो स्प्रिङ्समा शनिबार अभिनेत्री थापा र श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’ गरेका हुन्।
रेखाले सामाजिक सञ्जालमार्फत ‘बेबी सावर’को तस्बिर र भिडियो सेयर गरेकी छन्। रेखाले ‘बेबी बम्प’सहितको फोटोसुट गरेर तस्बिर सामाजिक सञ्जालमा राखेकी हुन्। उनले आगामी सन्तानलाई भगवानको उपहार भएको बताएकी छन्।
उक्त बेबी सावर जमघटमा अमेरिकास्थित रेखा थापाको परिवार र आफन्त सहभागी थिए। रेखा दम्पतीले केक काटेर खुसी साटेका थिए।
तस्बिरहरू : रेखा थापाको इन्स्टाग्रामबाट




























प्रतिक्रिया