Logo

खेलकुद

यू-१९ विश्वकप क्रिकेट : पाकिस्तानविरूद्ध नेपालले गुमायो चौथो विकेट



काठमाडौं । आइसिसी यू-१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले चार विकेट गुमाएको छ ।

ओपनिङ ब्याटर अर्जुन कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भए । अर्जुनले न्युजिल्यान्डविरुद्धको अघिल्लो खेलमा ९० रन जोडेका थिए ।

यस्तै आकास त्रिपाठी ६.५ ओभरमा पाकिस्तानका अहमेद हुसेनको बलमा ६ रनमै क्याच आउट भए । कप्तान देव खनाल २३ रन जोडेर १७.१ ओभरमा आउट भएका थिए । उनले ओपनिङ ब्याटर विपिन रावलसँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे ।

यस्तै उत्तम मगर पनि ४ रनमा आउट भए । उनी आउट हुँदा नेपालले २१ ओभरमा ४ विकेटको क्षतिमा ८५ रन जोडेको स्थिति थियो ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार १५:४२   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।