Logo

खेलकुद

यू-१९ विश्वकप क्रिकेट : पाकिस्तानविरूद्ध नेपालले गुमायो पाँचौं विकेट



काठमाडौं । आइसिसी यू-१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ । ओपनिङ ब्याटर विपिन यादव पाँचौं विकेटको रुपमा ३९ रनमा बनाएर आउट भएका छन् । उनी २६.४ ओभरमा आउट हुँदा नेपालले ५ विकेटको क्षतिमा ९६ रन जोडेको स्थिति थियो ।

ओपनिङ ब्याटर अर्जुन कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भए। अर्जुनले न्युजिल्यान्डविरुद्धको अघिल्लो खेलमा ९० रन जोडेका थिए ।

यस्तै आकास त्रिपाठी ६.५ ओभरमा पाकिस्तानका अहमेद हुसेनको बलमा ६ रनमै क्याच आउट भए । कप्तान देव खनाल २३ रन जोडेर १७.१ ओभरमा आउट भएका थिए। उनले ओपनिङ ब्याटर विपिन रावलसँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे । यस्तै उत्तम मगर पनि ४ रनमा आउट भए ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार १६:०४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।