Logo

खेलकुद

यू-१९ विश्वकप क्रिकेट : नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य



काठमाडौं  । नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएकाे छ । दक्षिण अफ्रिकामा जारी यु-१९ विश्वकपमा नेपालले निर्धारित ओभरको खेलमा सबै विकेट गुमाएर १९७ रन बनाएको हो ।

नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाए । त्यस्तै दीपक डुम्रेले २६, देव खनालले २३, सुवास भण्डारी २०, गुल्शन झाले १८, दीपक कँडेलले १३ रन बनाए ।

त्यस्तै अर्जुन कुमालले ६, आकाश त्रिपाठीले ६, उत्तम मगरले ४ रन बनाए । त्यस्तै आकाश चन्द १६ रनमा अविजित रहे ।

पाकिस्तानको सिनियर टोलीबाट खेलेका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर अली असफन्डले १० ओभरमा मात्रै १५ रन खर्चेर १ विकेट लिए । अहमद हसनले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । उबेद साहले २, खुबैब खलिल र मोहम्मद जिशानले १-१ विकेट लिए ।

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार १७:३२   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।