Logo

मनोरञ्जन

‘दुखी आत्मा’मा दयाहाङकी जोडी आँचल



काठमाडौं । फिल्म लेखक तथा निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘दुःखी आत्मा’का लागि नायिका फाइनल गरिएको छ । यो फिल्ममा नायिकाको रुपमा आँचल शर्मालाई फाइनल गरिएको निर्माण पक्षले बताएको छ ।

कथाको माग अनुसार नै आँचललाई फिल्ममा अनुबन्धित गरेको निर्देशक लामाले बताएका छन् । क्लक वर्क क्रियशनले निर्माण गर्न लागेको यो फिल्ममा नायक दयाहाङ राई अनुबन्धित भइसकेका छन् । दया र आँचलले यसअघि फिल्म ‘डिग्री माइला’मा काम गरिसकेका छन् ।

निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो । यसपछि यही टिमले तेश्रो सहकार्य स्वरुप ‘नाङ्गो गाउँ–२’ निर्माण गर्ने घोषणा गरिसकेको छ ।

फिल्म ‘दुःखी आत्मा’को छायांकन चैत्र महिनादेखि सुरु गर्ने तयारी निर्माणपक्षको छ । यो फिल्मलाई काठमाडौं वरिपरी नै खिचिनेछ । फिल्मले सामाजिक कथालाई कमेडीको माध्यमबाट भन्न लागिएको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार १४:५६   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।