काठमाडौं । बङ्गलादेशमा हुने यु–१९ महिला साफ च्याम्पियनसिपमा भाग लिन बुधबार त्यसतर्फ जाने भएको छ ।
टोलीका मुख्य प्रशिक्षक बाल गोपाल साहुखलले माघ १९ देखि २५ सम्म हुने प्रतियोगिताका लागि प्रतिस्पर्धा गर्ने २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।
आयोजक बंगलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । यु-१९ टोलीको सहायक प्रशिक्षकमा गंगा गुरुङ र श्यामसुन्दर सिंह, गोलकिपिङ प्रशिक्षक शैलेश कर्माचार्य तथा व्यवस्थापकमा इन्दु दुवाल छन् । यस्तै टोलीको फिजियोमा प्रिया लामा, अफिसियलका मनीष शाक्य र टोली नेतामा सुशील सुवेदी छन् ।
नेपालले माघ १९ गते घरेलु टोली बंगलादेशसँग खेल्दै च्याम्यिनसिपको यात्रा सुरु गर्नेछ । दोस्रो खेल भुटानसँग माघ २१ मा खेल्ने नेपालले तेस्रो तथा अन्तिम खेलमा भारतसँग माघ २३ गते खेल्नेछ । फाइनल माघ २५ गते हुनेछ । सबै खेल ढाका स्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल रंगशालामा हुने छ ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्वाङ, सदस्य पेमा डोल्मा लामालगायतले सोमबार टोलीको विदाइ गरेका थिए।




















प्रतिक्रिया