Logo

मनोरञ्जन

ब्रहमानन्दमको जन्मदिनमा नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति घोषणा



काठमाडौं । अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेको इन्डो–नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को फस्टलुक सार्वजनिक गरिएको छ । दक्षिण भारतीय फिल्मका प्रख्यात कमेडियन ब्रहमानन्दमको जन्मदिनको अवसर पारेर उनको सोलो फस्टलुक सार्वजनिक गरेको हो ।

फस्टलुकमा सिरमा ढाका टोपी, निधारमा चन्दन लगाएका ब्रहमान्दमलाई अचम्मित र हाँसेको देख्न सकिन्छ । हरिहर अधिकारीको कथा रहेको फिल्ममा चन्द्र पन्तको निर्देशन छ ।

यो फिल्म आगामी वर्ष २०८१ को असोज ११ गते रिलिज हुँदैछ ।

यो फिल्ममा बलिउड फिल्म ‘पुष्पा’का ‘सिनुभाई’ अर्थात सुनिल वर्मा, ‘गजिनी’ का भिलेन प्रदीपराज रावत र दक्षिण भारतीय कमेडियन अलीको अभिनय छ । फिल्ममा नेपाली कलाकार सरोज खनाल र सलोन बस्नेतको पनि अभिनय छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १०:५०   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।