Logo

अर्थ

सेयर बजारमा ३०.९२ अंकको गिरावट, ४ अर्बको कारोबार



काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार घटेको छ । आज नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ को विन्दुमा बन्द भएको छ।

आज ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बजार घट्दा १९ कम्पनीको सेयरभाउमात्रै बढेको छ। आज २२६ कम्पनीको सेयरभाउ घट्दा एउटाको स्थिर रहेको छ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीको ५४ करोड १ लाख लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै,ङादी ग्रुप पावरः १४ करोड ९१ लाख रुपैयाँ,नेपाल पुनर्बीमा कम्पनीः १४ करोड ४४ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरः ८ करोड ६० लाख रुपैयाँ,अरुण काबेली पावरः ८ करोड ३३ लाख रुपैयाँ,सोनापुर मिनरल्सः ७ करोड ६२ लाख रुपैयाँ,अपी पावरः ७ करोड ४७ लाख रुपैयाँ,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ७ करोड ९ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्टः ६ करोड ७९ लाख रुपैयाँ,माउन्टेन इनर्जीः ६ करोड ६१ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १५:५६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।