Logo

खेलकुद

प्रधानमन्त्री कपका विजेताले १० लाख पाउने



काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष पदम बहादुर खड्काका अनुसार विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याटरले समान २० हजार प्राप्त गर्नेछन् । उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् । फाइनलमा शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १३:२६   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।