काठमाडौं- भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेविरुद्ध प्रहरीमा उजुरी परेको छ। आफ्नै मृत्युको झुटो खबर फैलाएको भन्दै अभिनेत्रीविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको हो। वकिल अली काशिफ खान देशमुखले पाण्डेविरुद्ध प्रहरीमा उजुरी दिएका हुन्।
शुक्रबार बिहानै पाण्डेको मृत्युको छाएको थियो। पाण्डेकी म्यानेजरले इन्ष्टाग्राम पोस्टमा अभिनेत्री पाण्डेको मृत्यु भएको खबर पोस्ट गरेकी थिइन्।
सर्भिइकल क्यान्सरका कारण अभिनेत्रीको मृत्यु भएको पोस्टमा उल्लेख थियो। साँझसम्ममा पाण्डेको म्यानेजर र पूरै परिवारको फोन बन्द भएपछि घटना रहस्यमयी बनेको थियो।
तर, शनिबार पाण्डे आफैँले एउटा भिडियो शेयर गर्दै सर्भिकल क्यान्सरप्रति जागरूकता जगाउन आफ्नो मृत्युको नाटक गरेको बताएकी छन्।
अघिल्लो दिन अभिनेत्रीलाई श्रद्धाञ्जली दिइरहेका फिल्डम इन्डष्ट्री र टिभीका सेलिब्रेटीहरू भिडियो देखेपछि क्रुद्ध भएका छन्।
अभिनेत्रीको म्यानेजर निकिता र एजेंसी हटरफ्लाईविरुद्ध पनि एफआईआरको माग गरिएको छ। सबैमाथि सर्वसाधारणलाई धोका दिएका अनि सर्भिकल क्यान्सरको नाममा धोखाघडी गरेको मामिलामा कारबाही गर्न माग गरिएको छ। अल इन्डिया सिने वर्कर्स एशोसियशनले पनि पाण्डेविरुद्ध एफआईआर गर्ने बताइएका छन्।





















प्रतिक्रिया