काठमाडौं । अभिनेता तथा गायक कोशिस क्षेत्री विवाहवन्धनमा बाँधिएका छन् । हेटौँडा स्थायी घर भएका कोशिसले हेटौँडाकै सन्ध्या ढुंगानासँग विवाह गरेका हुन् ।
उनीहरुबिच गत माघ १७ गते विवाह भएको हो । कोशिसले एक वर्ष पहिले सन्ध्यासँग इन्गेजमेन्ट गरेका थिए । सन्ध्याले मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् ।
गायन हुँदै अभिनयमा प्रवेश गरेका कोशिसले ‘मोक्ष‘ सिनेमामा उत्कृष्ट काम गरेको भन्दै तारिफ पाएका थिए । यो वर्ष उनी अभिनित ‘ऐंचोपैचो‘ तथा ‘परस्त्री‘ सिनेमा रिलिज भएको थियो ।





















प्रतिक्रिया