Logo

अर्थ

करको विरोधमा आज देशभरका सिनेमा हल बन्द



काठमाडौं । कर विरोधमा आज देशभरका सिनेमा हल बन्द गरिएको छ । सांकेतिक विरोध भन्दै नेपाल चलचित्र संघले सोमबार फिल्म प्रदर्शनमा रोक लगाएको हो ।

सरकारले अव्यवहारिक रूपमा ३६ प्रतिशत कर उठाउँदै आएको संघको भनाइ छ । चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै संघले यसलाई खारेज गर्नुपर्ने माग गरेको छ ।

अहिले नेपालमा १५० सिनेमा हल सञ्चालनमा छन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार १२:२०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।