अनेक मान्छेहरूको भिड
सांसारिक विचित्रता
बुझ्नै नसकिने परिस्थिति
कतै खुसीको मात्र बहार
कसैको दया लाग्दो स्थिति
यहीबीचमा छ म बाचेको देश
जहाँ म सुन्दर भविष्य खोजिरहेको छु
विचारलाई शून्यतामा राखेर
रहरहरूलाई बन्दकीमा राखेर
सुखीहरूलाई लिलाममा राखेर
सपनाहरूलाई सिरानीमा राखेर
सफलता प्राप्तिको लडाइ लडिरहेको छु
जहाँ म सुन्दर भविष्य खोजिरहेको छु
खराब विचारलाई लछारी पछारी
तयार पार्नु छ सफलताको छहारी
जहाँ बस्नेहरूले थकाइ मेट्दै वाह! भनुन्
रिस राग सबै त्यही चौतारीमा स्वाहा भनुन्
संघर्ष गर्दै त्यही दिन कुरी रहेको छु
जहाँ म सुन्दर भविष्य खोजिरहेको छु





















प्रतिक्रिया