काठमाडौं- नेपालले क्याानडासँगको तीन ओडीआई सिरिजअन्तर्गत पहिलो खेल आज खेल्ने भएको छ। बिहान ९:१५ मा टीयु क्रिकेट मैदानमा खेल सुरु हुने छ। दुवै टोली सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रिने छन्।
नेपालका लागि रोहित पौडेल र क्यानडाका लागि साद बिन जाफरले कप्तानी गर्नेछन्। नेपाल घरेलु मैदान, कन्डिसन र समर्थकको भरपूर्ण फाइदा उठाउँदै सहज जित हात पार्न खोज्नेछ। यसै खेलबाट नेपालले २०२४ को क्रिकेट सिजन पनि सुरुआत गर्नेछ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडाविरुद्धको एक दिवसीय सिरिज नयाँ युवा खेलाडीका लागि राम्रो अवसर भएको बताएका छन्।
मुख्य प्रशिक्षक देसाईले यो सिरिज लिग टु अघि अभ्यासको राम्रो अवसर भएको बताए। उनले यो सिरिजमा युवा खेलाडीलाई अवसर दिने भन्दै क्यानडालाई कमजोर भने आकलन नगरेको बताए।
क्यानडाको मुख्य प्रशिक्षकमा पुबुदु दसानायिके छन्। नेपालका पूर्व सफल प्रशिक्षक दसानायिकेलाई नेपालको कन्डिसन, खेलाडीको कमजोरी र बलियो पक्ष दुवै थाहा छ।
नेपाली टोली
रोहित पौडेल(कप्तान, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह।
क्यानडाको टोली
साद बिन जाफर (कप्तान), आरोन जोनसन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठकेर, कलिम साना, नभनीत धलिवाल, निकोलस किर्टोन, निखिल दत्त, परगत सिंह, शाहिद अहमड्जाई, श्रेयस मोभा, श्रीमन्था विजयरत्ने, ईश्वरजोत सोही र उदय भगवान।




















प्रतिक्रिया