काठमाडौं । क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनी ५१ रन बनाउँदै क्रिजमा छन् ।
कुशलले ४४ बलको सामना गरी एक छक्का र आठ चौका बनाए । उनीसँगै कप्तान रोहित पौडेल आठ रन बनाउँदै क्रिजमा छन् । कुशलले अर्धशतक पुरा गर्दा नेपालले १३.४ ओभरमा एक विकेट गुमाएर ७१ रन बनाएको छ ।
नेपालले पहिलो विकेटका रूपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । उनी आठ रन बनाउँदै आउट भएका थिए । ९.१ ओभरमा उनी आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । विकेटकिपर आशिफलाई क्यानडाका बलर उदय भगवानले नवनित धालिवलद्वारा क्याच गराएका थिए ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।




















प्रतिक्रिया